हाइकिङ पारखीहरुका लागि यी गतन्व्य सही हुनसक्छन् । जहाँ गएर तपाईं नयाँ वर्षको सुरुवातलाई यादगार बनाउन सक्नुहुन्छ । शारीरिक र मानसिक विकासमा सहयोग पुर्याउँने हाइकिङ पछिल्लो समय युवा पुस्तामाझ पनि लोकप्रिय बन्दै गएको छ । हाइकिङ गन्तव्य छनौट गर्दा सकभर नयाँ र सुरक्षित गन्तव्य चयन उचित हुन्छ ।

आउनुहोस् उपत्यका नजिकका हाइकिङ गर्ने ठाउँ हरुकाबारेमा केहि जान्कारी लिउँ।

नागार्जुन



शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको एक हाइकिङ गन्तव्य हो नागार्जुन । उपत्यकाको उत्तर पश्चिम क्षेत्रमा पर्ने यो रुटको पूरै हिँडाइ घना जङ्गलभित्र हुन्छ । नागार्जुनको अधिकतम उचाइ २ हजार १ सय २८ मिटर छ ।  यसको हाइकिङ दुरी ९ किलोमिटर छ । जमाचो गुम्बा, स्तुपा, काठमाडौँ उपत्यका र हिमाली दृश्य अवलोकन गर्दै हिँड्न पाइन्छ ।  यसको हाइकिङ दुरी ९ किलोमिटरको छ ।

शिवपुरी



यसको अधिकतम उचाइ २ हजार ५ सय ६३ मिटरसम्म छ भने हाइकिङको दुरी १६ देखि १८ किलोमिटरसम्म छ ।  शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र पर्ने शिवपुरी डाँडामा पुग्ने तीन ट्रेल छन् । शिवपुरी डाँडामा पुग्दा मनोरम हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।

चम्पादेवी


काठमाडौँ र मकवापुर जिल्लाको सिमानामा रहेको चम्पादेवीबाट गौरीशङ्कर लाङटाङलगायत मनोरम हिमाली दृश्य हेर्न सकिन्छ । कीर्तिपुरको मच्छेगाउँबाट अथवा चोभारको टौदहबाट पनि हाइकिङ सुरु गर्न सकिन्छ । चम्पादेवीको अधिकतम उचाइ २ हजार २ सय ८५ मिटरसम्म छ । यसको हाइकिङ दूरी १४ किलोमिटर छ ।

फुलचोकी डाँडा


उपत्यकाको सबैभन्दा अग्लो ठाउँमा रहेको फुलचोकीको हाइकिङ सबैभन्दा कठिन पनि मानिन्छ । हिउँदमा हिउँले छोपिने यो डाँडामा पछिल्लो समय युवाहरु आकर्षित बनेका छन् । यसको अधिकतम उचाइ २ हजार ७ सय ६५ मिटर सम्म छ ।

चन्द्रागिरी


२ हजार ४ सय ७५ मिटरको अधिकतम उचाइ रहेको चन्द्रागिरीको हाइकिङ दूरी १२ किलोमिटर छ । चन्द्रागिरीबाट सगरमाथा, मकालु कङ्चनजङ्घा, मनास्लुलगायतका हिमाली दृश्य अवलोकन गर्न  सकिन्छ ।


नगरकोट


२ हजार १ सय ७५ मिटरसम्म अधिकतम उचाइ रहेको नमोबुद्धको हाइकिङ दूरी झण्डै १७ किलोमिटरसम्म छ ।  नगरकोट पर्यटकीय क्षेत्र पनि हो । नगरकोट हाइकिङबाट  सगरमाथा, मनास्लु,  गणेश लाङटाङलगायतको हिमाली दृश्य देख्न सकिन्छ ।

सुन्दरीजल


१ हजार २ सय ८० मिटरसम्म अधिकतम उचाइ रहेको सुन्दरीजलमा १४ किलोमिटरसम्मको हाइकिङ दूरी छ ।  हरियाली वन र झरना यहाँको विशेषता हो । यहाँको निकै चलेको हाइकिङ रुट भनेको सुन्दरीजलबाट मूलखर्क हुँदै ओखे्रनी जाने र चाँगुनारायणबाट सुन्दरीजल आउने हो ।

इन्द्रदह


काठमाडौँको सीतापाइलाबाट भीमढुङ्गा हुँदै इन्द्रदह पुगिन्छ । यसको अधिकतम उचाइ १ हजार ८ सय ७७ मिटर छ । यसको हाइकिङ दूरी १३ किलोमिटरसम्म छ ।

आशापुरी महादेव


यसको अधिकतम उचाइ २ हजार २ सय ७८ मिटर छ । यसको हाइकिङ दूरी १६ किलोमिटरसम्म छ । भक्तपुरको गुण्डुबाट पाइलटबाबा आश्रम पुगिन्छ । यसपछि घ्याम्पेडाँडा हुँदै आशापुरी महादेव पुग्न सकिन्छ ।

नमोबुद्ध


यसको अधिकतम उचाइ १८ सय मिटरसम्म छ । साढे १२ किलोमिटर हाइकिङ दूरी रहेको नमोबुद्धबाट गौरीशङ्कर, लाङ्टाङ, दोर्जे लाक्पा लगायतको हिमाली दृश्य देख्न सकिन्छ । धुलिखेलबाट नमोबुद्धको हाइकिङ गर्न सकिन्छ ।

Axact

Axact

Vestibulum bibendum felis sit amet dolor auctor molestie. In dignissim eget nibh id dapibus. Fusce et suscipit orci. Aliquam sit amet urna lorem. Duis eu imperdiet nunc, non imperdiet libero.

Post A Comment:

0 comments: