जैविक विविधताले भरिएको धनगढीको पर्यटकीय स्थल जाखोर ताल क्षेत्र संरक्षणको पर्खाईमा रहेको छ । धनगढी उप–महानगरपालिका वडा नम्वर ७ देवरियामा रहेको पर्यटकीय क्षेत्र जाखोर ताल संरक्षणको अभावमा पुरिँदै गएको हो ।
नगरभित्रै रहेको महत्वर्पूण पर्यटकीय तालको संरक्षण र सम्वद्र्धन हुन नसक्दा ताल क्षेत्र बर्षेनी पुरिँदै गएको छ । जैविक विविधताले भरिएको पर्यटकीय स्थल जाखोर ताल क्षेत्र संरक्षणको पर्खाईमा रहेको छ । वनस्पतिको विविधताका दृष्टिले समेत अति महत्वर्पूण मानिने जाखोर ताल वरिपरिको एक सय हेक्टर क्षेत्रफलमध्ये झण्डै १५ हेक्टर मात्र तालले ओगटेको छ ।
संरक्षणमा ध्यान नदिदा परिवारसहित घुमघाम गर्न जाने र रमणीय दृष्यको अवलोकन गर्ने वातावरण बनि नसकेको टिकापुरका हेमराज खड्काले बताए। नगर क्षेत्रमा रहेको प्रमुख पर्यटकीय क्षेत्र जाखोर ताललाई व्यवस्थित गर्न धनगढी उप–महानगरपालिकाले पाँच वर्षे गुरुयोजनामा राखेको भएपनि त्यसको विकासमा खासै ध्यान दिएको छैन ।
प्रस्तुत समाचार: दिनेश खबरबाट लिएकाे हाे ।
Post A Comment:
0 comments: