अभिनेत्री प्रियंका कार्की वर्ष २०७४ भरी नै व्यस्त रहिन् । उनले अभिनय गरेका चारवटा चलचित्र यो वर्ष प्रदर्शनमा आए ।


तीमध्ये शत्रु गते तथा छक्का पञ्जा–२ व्यवसायिक रूपमा अत्यन्त सफल रहे । फाटेको जुत्ता औसत रह्यो भने बटरफ्लाईले सामान्य व्यवसाय गर्‍यो । लिलिबिलीको भने यसै साता प्रदर्शन आएकाले व्यवसायिक पक्ष सम्पूर्ण रुपमा बाहिर आईसकेको छैन् ।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि यो वर्षभरि चर्चामा रहिन् । यो वर्ष उनले अभिनय गरेका तीन वटा चलचित्र प्रदर्शित भए ।

तीमध्ये ए मेरो हजुर–२ व्यवसायिक रूपमा सफल भयो । वर्षको अन्तिम साता प्रदर्शन भएको ‘तिमीसँग’ औसत रह्यो ।

अभिनेत्री केकी अधिकारीलाई चलचित्र क्षेत्रमा कम भाग्यशाली मानिन्छ । कारण उनले अभिनय गरेका चलचित्रले त्यति राम्रो व्यवसाय गर्दैनन् ।
वर्ष २०७४ मा केकीले अभिनय गरेका चार चलचित्र प्रदर्शनमा आए, तीमध्ये एउटाले मात्र व्यवसायिक सफलता हासिल गर्‍यो । चलचित्र ऐश्वर्यको उनको भूमिका सरप्राइज नै साबित भयो । घामपानी औसत रह्यो । 

बेनिशा हमाल यो वर्ष दुई भिन्न शैलीका चलचित्रमार्फत दर्शकमाझ आइन् । उनले अभिनय गरेका दुवै चलचित्र व्यवसायिक रूपमा औसत रहे पनि उनको अभिनयलाई भने दर्शकले मन पराए ।

अभिनेत्री निशा अधिकारीद्वारा निर्मित चलचित्र झ्यानाकुटीमा उनी गाउँले महिला तथा गृहिणीका रूपमा प्रस्तुत भइन् भने बायोपिक चलचित्र ब्लाइन्ड रक्समा उनले सृष्टि केसीको जीवनलाई पर्दामा उतारिन् । 

स्वस्तिमा खड्काका लागि वर्ष २०७४ सफल रह्यो । खासगरी चलचित्र दुई रुपैयाँका कारण उनी चर्चामा आइन् । उक्त चलचित्रको कुटुमा कुटु…गीत युट्युबमा ५ करोडभन्दा बढी पटक हेरियो ।


दसैंअघि नै प्रदर्शित चलचित्र छक्कापञ्जा–२ मा पनि स्वस्तिमा सशक्त भूमिकामा प्रस्तुत भइन् । यो चलचित्रलाई पनि दर्शकले राम्रो साथ दिए ।

पहिलो चलचित्रबाटै स्थापित हुने अभिनेत्रीको सूचीमा दीपिका प्रसाईंको नाम पनि आउँछ । यो वर्ष उनले अभिनय गरेको चलचित्र ‘ऐश्वर्य’ प्रदर्शन भयो ।

दिवाकर भट्टराईद्वारा निर्देशित रमेश उप्रेतीको उक्त चलचित्रले व्यवसायिक सफलता त हासिल गर्‍यो नै, दीपिकाको अभिनयले दर्शकको मनसमेत जित्यो । यद्यपि अध्ययनमा व्यस्त भएकाले उनले दोस्रो चलचित्र हातमा लिइसकेकी छैनन् ।

मोडलका रूपमा स्थापित अदिति बुढाथोकीले यही वर्ष अभिनयमा पदार्पण गरिन् । उनले अभिनय गरेको पहिलो चलचित्र ‘कृ’ व्यवसायिक रूपमा सफल भयो ।

दर्शकले अदितिलाई अभिनेता अनमोल केसीको जोडीका रूपमा मन पराए । बलिउडका चलचित्र उद्योगमा समेत संघर्ष गरिरहेकी अदितिले यसबीच एउटा दक्षिण भारतीय चलचित्रमा अनुबन्धित भएको जानकारी दिएकी छिन् । 

Axact

Axact

Vestibulum bibendum felis sit amet dolor auctor molestie. In dignissim eget nibh id dapibus. Fusce et suscipit orci. Aliquam sit amet urna lorem. Duis eu imperdiet nunc, non imperdiet libero.

Post A Comment:

0 comments: