काठमाडौँ : नेपालको सबैभन्दा लामो जात्राका रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा बिहीबारदेखि सुरु भएको छ। वैशाख शुक्ल प्रतिपदाको साइतमा वैशाख ४ गते साँझ ७ बजे देवतालाई रथमा राखेपछि आजदेखि रथयात्रा सुरु भएको हो।
पुल्चोकबाट रथ तानेर गाःबहालसम्म पुर्याइएको थियो। आजै मच्छिन्द्रनाथकै जस्तो देखिने तर आकारमा केही सानो मीननाथको रथलाई चकःबहीबाट तानेर पुल्चोकसम्म पुर्याइएको थियो । जात्राको सुरुमा मीननाथलाई मच्छिन्द्रनाथ भन्दा अघि–अघि तानिन्छ। तर पछि भने मच्छिन्द्रनाथको पछि–पछि तानिन्छ।
Post A Comment:
0 comments: