आज बिहानैदेखि भक्तपुरका विभिन्न धिमे बाजा, बाँसुरी बाजा र भजन खलःहरुले नगरका शक्तिपिठ तथा देवी देवताहरुको परिक्रमा गरी सगुन पूजा मनाईदै छ ।
पूजाका क्रममा स्थानीय महिला तथा पुरुष परम्परागत नेवारी पोशाक हाकु पटासी र दाउरा सुरुवालमा सजिएर जात्रामा सहभागी भएका छन् । द्यो स्वगं बिएगु पुजा (सगुन पूजा)को लागि हिजो देवी देवताहरुलाई सगुन पूजा गर्न आ–आफ्ना द्यो छें (देव घर)बाट निकाली चोक तथा डवलीमा राखिएको थियो ।
जात्राका क्रममा सहभागीहरुले ती देवी देवताहरुलाई आ–आफ्ना गच्छे अनुसारका परिकार चढाउने गरिन्छ । यो पुजा प्राचिन कालदेखि नै संचालन हुँदै आएको इतिहासमा उल्लेख रहेको पाईन्छ ।
बिस्केट जात्राका क्रममा विध्न बाधा वा केही भुलचुक भए माफ पाउँ भन्ने उद्देश्यका साथ शक्तिशाली देवीदेवताहरुको पूजा गर्ने प्रचलनलाई सगुन जात्राको रुपमा लिने गरेको भाषा वंशावलीमा समेत उल्लेख रहेको छ ।
Post A Comment:
0 comments: