बागलुङ-समुन्द्र सतह देखी १० हजार ३ सय ९३ फिटको उचाईमा अवस्थित पर्यटकिय स्थल घुम्टेमा गर्मी बढेसँगै चहल पहल बढ्न थालेको छ ।
गर्मी छल्न र प्राकृतिक छटा हेर्दै रमाउनेहरू यहाँ पुग्ने गर्छन् । बाईसे चौविसे राज्य अन्तर्गतको गलकोटलाई चिनाउने यो पहाडमा घुम्दा गुराँसका विभिन्न प्रजाति देख्न पाइन्छ ।
प्रसिद्ध सिद्ध भैरव लगायतका मन्दिरको पूजा गर्दा आँटेको पुग्ने स्थानीयमा विश्वास छ । गर्मीमा शीतलको मजा लिन जानेहरू घुम्टेमा बास बस्ने गरि जान्छन् । गलकोट दरबारदेखि करीब ४ घण्टा पैदल हिडेपछि पुगिने यहाँ वैशाख पूर्णिमा, नेपाली नयाँ वर्षमा मेला लाग्ने गर्दछ ।
गलकोटेहरूमा धार्मिक विश्वास बढी भएकाले सिद्धबराहको भाकल गरेर पूजा गर्न जानेहरू पनि धेरै छन् । यो गुराँस फुल्ने समय भएकाले पनि घुम्टेमा पुगेरै रातो, सेतो र अन्य रंग मिसिएका गुराँस हेर्ने धेरैले चाहना राख्दछन । घुम्टेमा धैरै रंगका गुराँस फुल्छन् । पर्यटकिय स्थल घुम्टे पहाल जिल्लाको अग्लो पहाड र रमणीय क्षेत्र पनि हो ।
Post A Comment:
0 comments: