पोखरा। खेलकूद पत्रकार मञ्च कास्की र नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयको आयोजनामा ‘प्रदेश नं ४ मा खेलकुद पर्यटनको सम्भावना’ विषयक अन्तक्र्रिया कार्यक्रम आयोजना गरियो ।  

प्रदेश नं ४ मा खेल पर्यटन विकासका धेरै सम्भावना भएको कार्यक्रमका सहभागिले बताएका छन् । हिमालदेखि तराईसम्मको विविधतायुक्त प्राकृतिक वातावरण रहेकाले यस प्रदेशभित्र विभिन्न खेल खेलाउने सम्भावना रहेको वक्ताहरूले बताएका छन् । 

पूर्वाधार विकास गरी यस प्रदेशलाई खेल पर्यटनको विशिष्ट स्थलका रुपमा विकास गर्नुपर्ने सहभागिले सुझाव दिएका छन् । कार्यक्रममा पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री रामशरण बस्नेतले प्रदेश सरकारले यस क्षेत्रको खेल विकासलाई उच्च प्राथमिकतामा राखेको बताउँदै मन्त्रिपरिषद्को पहिलो बैठकबाटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको खेल मैदान बनाउने निर्णय गरिएको बताए । 
Axact

Axact

Vestibulum bibendum felis sit amet dolor auctor molestie. In dignissim eget nibh id dapibus. Fusce et suscipit orci. Aliquam sit amet urna lorem. Duis eu imperdiet nunc, non imperdiet libero.

Post A Comment:

0 comments: