एउटा बच्चासँगै आमाको जिम्मेवारी सुरु हुन्छ । अझ भनौँ बच्चा गर्भमा आएदेखि नै एउटी आमाको बच्चाको लागि हरेक पल सर्तक हुने गर्छिन् । आफ्ना सन्तान प्रतिको आमाको जिम्मेवारी जीवनको अन्तिम समयसम्म पनि उत्तिकै रहने गर्छ ।
अब हामी मुख्य कुरामा प्रवेश गरौँ । सुन्दा अच्चम लाग्न सक्छ, यस्तै एउटा उदाहरण छ, जहाँ ८२ वर्षको छोरालाई १०० वर्षकी आमाले स्याहारसुसार गर्दैछिन् । लीवरपूल इङ्ग्याण्डकी एक सय वर्षीया एडा किन्टिगका चारजना सन्तान जसमध्ये टोम किन्टिग सबैभन्दा जेठो छोरा हुन ।
सन् २०१६ मा स्याहार गर्ने कोहि नभएपछि टोम मास भ्यू केयरहोम गएका थिए । कहिल्यै बिहे नगरेका टोमले केयरहोम गएको थाहा पाएपछि एडा निकै चिन्तित बनिन ।
त्यसपछि उनी छोराको हेरचाह गर्न उनीसँगै केयरहोम आइन । उनीहरु तीन वर्षदेखि सँगै बस्दै आइरहेका छन् । उनी नर्स हुन् । त्यसैले पनि उनी केयरहोमका कर्मचारीलाई पनि सहयोग गर्छिन् ।
Post A Comment:
0 comments: