सोलुखूम्बु कुनै नयाँ नाम होइन । नत यो पहिलो पटक सुनिएको नाम नै हो । नौलो गन्तव्य पनि होइन । तर पुग्नै पर्ने गन्तव्य अवश्य हो । किन पुग्नै पर्ने त ? के छ यस स्थिानमा ? यो ठाउँलाई प्रकृतिमा सित्तैमा उपलब्ध अनुपम भू–सौन्दर्यको रुपमा लिइन्छ, जसलाई जती हेरे पनि तपाईंको मन नअघाउने हुन्छ ।
यसको भौगोलिक सौन्दर्य र त्यस सँगै लय मिलाइरहेको खोला, साथमा चाँदी झैं टल्केका हिमाल, विशाल घाँसे मैदान, त्यहाँ फूलेका लालिगुराँस हेर्दा सचिकै आन्नद र निकै सुन्दर स्थान रहेको छ यो जिल्ला ।
सोलुखुम्बु पर्यटनका लागि निकै चर्चित तथा रुचाइएको स्थानहरु मध्य एक हो । विश्व सम्पदा सूचीमा सुचिकृत विश्वको सर्वोच्च शिखर सगरमाथा, मनोरम हिमशिखर र उच्च पर्वतीय क्षेत्र विश्व मानचित्रमा नै प्रसिद्ध रहेका छन् । यसैको फाइदा लिन र साहासिक पद यात्र गर्न तथा प्रकृतिसँग प्रतक्ष्यरुपमा घुलमिल गर्न चाहने लालयितहरु यहाँ बढि पुग्ने गर्दछन् ।
Post A Comment:
0 comments: