सरकारले वैशाख १ गते बाट बफ मःम मा प्रतिबन्ध लगाउने भएको छ। जनताको हितका लागी यस्तो निर्णय गर्न लागिएको सरकारका खानपान मन्त्री मोहनीलाल ले बताएका छन।


बफ मःम ले गर्दा नेपाली बजार का पाउरोटी, डोनट, क्रिम रोल इत्यादी ले पनि बजार नपाएको र आफ्नो कर्मचारी लाई तलब दिन नसके पछी सरकार गुहारेको डोनट ब्यवसाय संघ का अध्यक्ष ले बताएका छन । सरकार ले पनि यसलाई सकारात्मक रुपले लिएको कुरा उनले बताए ।



सरकार ले पनि बफ मःम ले गर्दा देशमा दुध को पनि हाहाकारी भएको र बुढा पाका तथा नवजात शिशु लाई दुध अपुग भएको ले यसमा केही परिवर्तन हुने आशा गरेको छ। 

यस सँग संगै अब देशमा भैंसी हरु धेरै हुने र यिन्लाई स्याहर्न गोठाला हरुले रोजगारी पाउन सक्ने एक मन्त्री ले  बताएका छन ।


उता भने मःम ब्यवसायहरुले आन्दोलनको आधिबेरी ल्याउने चेतावनी दिएका छन। निर्णय फिर्ता लिन दबाब दिन भोली रत्नपार्क मा राके जुलुस निकाल्ने एक बफ मःम ब्यवसायी लालकुमार यादव ले बताएका छन ।





Note:- यो News रमाईलो प्रयोजनको लागी मात्र तयार पारिएको हो । समाचार फेकबहादुर
Axact

Axact

Vestibulum bibendum felis sit amet dolor auctor molestie. In dignissim eget nibh id dapibus. Fusce et suscipit orci. Aliquam sit amet urna lorem. Duis eu imperdiet nunc, non imperdiet libero.

Post A Comment:

0 comments: