विश्वसामु नेपालको मान चित्र नी कै छर्लङग् छ । नेपालको सुन्दरताको कारण जो कोहि पनि मन्त्रमुग्ध हुने गर्द छ । यस्तै ठाउँहरु मध्य हो नेपालको नी कै आर्कषित तथा रमणिय ठाउँ रारा ताल ।
चारैतिर हिमालको सेतो शुद्धता अनि रारा तालको रंगीविरंगी पानीको आकारप्रकारले मन्त्रमुग्ध जोकोहिलाई पार्छ । चैतमा पनि हिउँ पर्ने यस ठाउँको विशेषता हो ।
तथ्यांकअनुसार रारा करिब पाँच किमी लम्बाइ र तीन किमि चौडाइमा अवस्थित छ । समुद्री सतहबाट करिब तीन हजार फिटको उचाइमा पर्छ । अचेल रारा जानेहरू बढ्दै छन् । मुगु जिल्लाको सदरमुकाम गमगढीबाट स्थानीयवासी करिब अढाई घन्टामा रारा पुग्न सकिन्छ । सुर्खेत र नेपालगन्जबाट पनि जिप लिएर गमगढी पुग्न सकिन्छ ।
रारा नेपालको उच्च हिमाली भागमा अवस्थित छ । सो ठाउँमा प्रशस्त हिउँ पर्छ । तर, जाडो मौसममा पनि राराको पानी जम्दैन यो भने आश्चर्यको विषय हो । वरिपरि हिउँले ढाकिएको र रारावरिपरि रहेको जंगल, अग्लाअग्ला सल्ला र धुपीहरू सुसाइरहेको मनमोहक प्राकृतिक सुन्दरता देख्न पाइन्छ । जाडो मौसममा हिउँ पर्ने भएकाले चैतबाट मात्र वास्तवमा राराको मौसम सुरु भएको मानिने दसैं र तिहारको बीचमा रारामा राम्रै संख्यामा पर्यटकको उपस्थिति हुने देखिन्छ ।
Post A Comment:
0 comments: