बलिउडका चुलबुले अभिनेता गोविन्दाका फ्यानका लागि खुसीको खबर आएको छ । यी अभिनेता चाँडै ठूलो पर्दामा देखिँदैछन् । पहलाज निहलानीको नयाँ फिल्म ‘राजु रंगीला’ मा गोविन्दा ट्रिपल रोलमा देखिने भएका छन् ।
२५ वर्षपछि यी दुईको पुनः टिमअप भएको हो । यसअगाडि गोविन्दा र निहलानीले साथमा फिल्म ‘आंखें’ मा काम गरेका थिए, जुन १९९३ मा रिलिज भएको थियो ।
यतिबेला यो फिल्मको धमाधम छायांकन भइरहेको छ । डीएनएसँग कुराकानी गर्दै पहलाज निहलानीले फिल्मको विषयमा भने, ‘यो फिल्ममा गोविन्दा ट्रिपल रोलमा देखिनेछन् । यस फिल्मबाट तीन नयाँ नायिकालाई लञ्च गर्दैछौं ।’
गोविन्दा पछिल्लो पटक फिल्म ‘आ गया हीरो’ मा देखिएका थिए । उक्त फिल्म उनको कमब्याक थियो तर दर्शकले खासै रुचाएनन् । यसमा गोविन्दाले एसीपीको भूमिका निर्वाहा गरेका थिए ।
यस्तै, गएको वर्ष पहलाज निहलानीको फिल्म ‘जूली २’ आएको थियो, जुन बक्सअफिसमा फ्लप भएको थियो ।
Post A Comment:
0 comments: