नरिवल खसाउने जात्राको भोलिपल्टबाट महिलाहरुले रथ तान्ने गर्छन् । रथ तान्न ठूलो संख्यामा सबै उमेर समूहका महिला उपस्थित हुन्छन ।
वर्षा र सहकालको देवता मानिने रातो मच्छिन्द्रनाथ (बुंगद्य) को जात्रा अन्तर्गत शनिबार बिहान सबेरै महिलाहरुले लगनखेलबाट रथ तान्न सुरू गरे । यसलाई स्थानीय भाषामा 'याकः मिसाया भुज्या' भन्ने गरिन्छ ।
वैशाख शुक्ल प्रतिपदाको साइतमा वैशाख ४ गते साँझ ७ बजे देवतालाई रथमा राखेपछि ६ गतेदेखि रथयात्रा सुरु भएको थियो ।
भोटो देखाएपछि सकिने यो जात्रा एक महिनासम्म चल्ने हुनाले नेपालकै सबैभन्दा लामो जात्राका रुपमा पनि परिचित छ ।
Post A Comment:
0 comments: