जब देशमा नीएम,कानुन कमर्जो हुन्छ । सरकारले कुनै रोजगारीको व्यावस्था गर्दैनन् । त्यस पछि ठगी खानेहरुको उदय हुन्छ । ‘गुरुबा’ बन्छन्, व्यभिचारीहरू ‘बाबा’ बन्छन्, धूर्तहरू ‘माता’ बन्छन् त्यस पछि दुःखी र चिन्तितहरू ठगिन्छन्, लुटिन्छन् ।


देशैभरि अन्धविश्वासका पसल चलाइरहेका यी यस्ता मतिभ्रष्ट बाबाहरूको उदय हुन्छन् यहाँ । ज्योतिष शास्त्रको सामान्य जानकारी पनि नभएकाहरू पनि ‘ज्योतिषपण्डित’ काला कुर्ता र पिताम्बर (पहेँलो कपडा)  लगाएर बसेका छन् ।

आफूलाई प्रख्यात ज्योतिष बताउने टीका योगीे बाबा ‘ज्योतिष सेवा’ दिइरहेका हुन्छन् । लामो चुल्ठो पालेका यस्ता बाबाहरुका लागि आम मानिसहरु ठगिन केहि मुश्किल नै हैन । विश्वासमा टिकेको धर्म माथि ठग बाबाहरुको शोषण गर्ने ठाउँ बनेको छ । कहिले पूजाआजा गर्ने त कहिले दान गर्ने भनेर धेरै खर्च गराउँने समेत गर्दछन् । यस्ता ठग बाबाहरु काठमाण्डौंका धेरै ठाउँमा भेटिने गर्दछ ।

धर्मको खोल ओढेर मनपरी भ्रमसिर्जना गर्ने आश्वासन दिने ज्योतिष विज्ञानर हिन्दू धर्ममै गम्भीर आघात पुगेको छ । आफूलाई ज्योतिषबताउने यस्ता झुट्टा जोगि बाबाहरु देशैभरि फैलिएका छन् । काठमाडौंको पशुपति मन्दिर, ललितपुर, पाटन, बंगलामुखीमा ग्रहदशासँगै हरेक खालेरोग निको पारिदिने भन्ने समका अनेकौं भ्रम सृजना गर्ने यस्ता ठग जोगि बाबा देख्न पाइन्छन् ।


रत्नपार्क,सुन्धारा क्षेत्रका फुटपाथमा बसेर ज्योतिष कर्म गर्ने विद्याको पूरै ज्ञानभएको बताउँछन् । धेरैले उनीहरुलाई विश्वास गर्छन् पनि अझ जागिर नपाएका,विदेश जान लागेका केटाकेटी त झन् धेरै विश्वासगर्छन् । उनीहरुको कमाइ कति होला ? ‘कहिलेपाँच सय त कहिले दुई देखि तीन हजार पनि हुन्छ होला ।

न्युरोडको संकटा मन्दिर छेउछाउमा मात्र भारतबाट आएका धेरै जना ज्योतिष देख्न पाईन्छ । सबैलाई ज्योतिष ज्ञान धेरै छ, नेपालीको भाग्य र भविष्य बताउनुमा आफूहरू माहिररहेको समेत देखाउने गर्छन् । सुरुमा ‘भेटी चढाउनुुस्’बाट सुरु हुने उनीहरूको ज्योतिषविद्या अन्तिममा ‘इमोसनल ब्ल्याकमेलिङ’सम्मपुग्दा हात देखाउनेको गोजी रित्तिसकेको हुन्छ । तीनीहरुले घर बनाइसकेका हुन्छन् आम मानीसहरु भने धर्मको नाममा लुटिरहेका हुन्छन् ।

ज्योतिषविज्ञानका तन्त्र, मन्त्र, शक्ति, ग्रहगणन लगायत धेरै विद्या छन् । बिरामीको उपचार गर्ने पाटो पनि छ । तर, त्यसका लागि धेरै अनुभव, साधना, ज्ञान रविद्वता चाहिन्छ । सडकमा बसेर हात हेरेर, पेट छामेर,फुकफाक पारेर उपचार हुन सक्दैन । अहिले ज्योतिष विद्याको नाममा सडक, गल्ली र चोक–चोकमा अपराध भइरहेका छन् । धर्म प्रति धेरैको विश्वासमाथि शोषण भइरहेको छ ।

अहिले तकेही काम पाएन भने पिताम्बर (पहेँलो कपडा) र टीका लगायो, भयो ज्योतिष । कर्मकाण्ड र ज्योतिषशास्त्र फरक कुरा हुन् ।पुरोहितवाद भनेको भ्रमको खेती हो । ज्योतिषको मुख्य क्षमता भनेको समयसूत्र रकालज्ञानको सहि आकालन गर्नु हो ।

अहिले त पैसाको बलले यस्ता महाराज, उस्ता गुरु, सर्वोच्च व्यक्ति भनेर भ्रमफैलाइन्छ । शास्त्रलाई नै आघात पारिरहेको सबैले टुलुटुलु हेरिरहेछौँ । यहाँ त तस्करी गर्ने ज्योतिषहरु सम्म पनि पाइन्छ ।

Axact

Axact

Vestibulum bibendum felis sit amet dolor auctor molestie. In dignissim eget nibh id dapibus. Fusce et suscipit orci. Aliquam sit amet urna lorem. Duis eu imperdiet nunc, non imperdiet libero.

Post A Comment:

0 comments: