• चन्द्र रार्इ
सहि छु र तपाईहरु कोही भूक्किनु हुन्न भने यो समय र परिस्थितीलाई मध्यनजर गर्दै भन्नु पर्दा काठमाडांडौंलाई ‘काठमाडांडौं नभनी धुलोमाडाडौं’को शब्दले सम्बोधन गर्न औधी बढि रुचाउने म हूँ एउटा आम सर्वसाधरण नागरिक ।

यतिखेर उपत्यकालाई ‘राजधानी नभनी लाजधानी’ भनेर बढि चिनीन थालीएको छ । किन प्रश्न र्तेसाउनु होला ? कठै धुलोमाडौंंका वासिन्दाहरु ! अर्थात् धुँवा, धुलाले उपत्यका वासीहरुलाई नीकै आक्रान्त बनाएको छ । बर्खायामा सडक बगेर ज्यान लिदै छ र हिउदमा उडेर ज्यान लिन्छ ।  

सरकारले सडक विस्तारका क्रममा रहेका आधाभन्दा बढी सडक भत्काइएका छन् । त्यस्तै मेलम्चीको खानेपानीको पाइप लाइन विछ्याउन धेरै ठाउँमा सडक उधिनिएका छन् । त्यसैको असरले गर्दा सहर पूरै धुलामे बन्नु पुगेको हो ।

सडक विस्तारका क्रममा खानेपानी, ढल तथा नेपाल टेलिकमको पाइप बिछ्याउनु मुख्य मात्र नभइ हालको अवस्थामा साहय सडकसहरुमेत भत्काइनु रहेको छ । जस कारणले गर्दा काठमाडौ शहरको प्रदुषण झन् अझ बढि बृद्धि भएको देखिन्छ ।  

सडक विस्तारको नाममा भएको सडकको संरचना भत्काउनु र सडक छेउछाउका घरहरु पनि भत्काउनाले वातावरण तथा सडक प्रदुुषीत बन्नपुगेको हो । शहरको प्रायः जसो सबै ठाउँहरुमा सडक विस्तारको काम भइरहदा सड पक्षमा ध्यान नदिदा स्थानीय वासीन्दाहरुले चरम समस्या व्याहोर्नु परेको छ । 

जसले गर्दा सडकमा अत्याधिक धुलो उड्ने हुँदा पैदल यात्रीहरुलाई समेत बाटोमा हिड्डूल गर्नमा निकै कष्टकर भएको देखिन्छ । तथापि, धेरै वर्षसम्म राजधानीमा सडक निर्माणमा काम भइरहँदा अझ पनि यसले ठोस् निकास भने पाउन सकेको छैन् । 

काठमाडौँ सहर सबैको उत्तम गन्तब्य स्थल हो । याँह मानिसहरुको उच्च जन घनत्तव बढि भएको शहर मध्यमा पर्छ । देशको एकमात्र राजधनी मासिहरकै ब्यावहारका कारण काठमाडौं बढि प्रदुषीत भएको पनि देख्न सकिन्छ । एक सर्वेच्छन् अनुसार नेपालको राजधनी शहर काठमाडौंको हावा प्रदुषण सूचाङक ५औं स्थानमा रहेको त्तथ्याङक सार्वजनिक भएको छ । 

मानिसका आधारभूत आवश्यकता तथा सुविधा सजिलै प्राप्त गर्न सकिने भएकाले यहाँ । अन्य विकास क्षेत्रको भन्दा तुलनात्मक हिसाबले पनि निकै अगाडि रहेकोले मानीसहरु काठमाडौं बढि बसोबास गर्ने गर्द छन् । त्यसैले गर्दा काठमाडौँ शहरको जनसंख्य अत्यधिक भरिपूर्ण रहेको छ ।

दिनप्रतीदिन प्रदुषित बन्दै गएको काठमाण्डौँको वातावरणनिय प्रभावले गर्दा मानीसहरुको स्वास्थ्यमा पनि प्रतिकूल असर देखा परेका छन् । प्रदुषीत धुँवा, धुलोकै कारण मानसिहरुमा दम–खोकि, मुटुमा प्रत्क्षय असर गर्ने गरेको पाइएको छ साथै आँखा सम्बन्धी रोगहरुको समस्याले समेत सताउने गर्द छ । यदि मात्र काँह होर सडक जामका कारण घण्टौँ समय सम्म धुलामे सडकमा समय बिताउँन पनि उतिकै कष्ठर्क हुन्छ । 

पूर्वधारका संरचानाहरु भत्काउदा समयमा नै निर्माण कार्य सम्पन्न नहुनाले स्थानीय वासिन्दाहरु आजीत भएका छन् । राजधानीका विभिन्न ठाउमा सडकहरुको पुनः निमार्ण कार्य अझै अस्तव्यस्त नै रहेको छ । सडक भत्काउने कार्यमा तिव्र वृद्धि र निमार्णको कार्यमा भने अत्यधिक ढिला सुस्तिका कारणले गर्दा काठमाडौंको सडक निकै प्रदुषित बनेको देखिन्छ । 

सडक भत्काए अनुसार निमार्ण कार्य गरिदै आए पनि हाल यसले निरणतर्ता भने अझै पाउन सकेको  देखिदैन जसले गर्दा शहरमा अत्याधिक प्रदुषण बढेको छ । सडक निमार्णमा भने सडक 
विभागले सबै काम  आखाँमा छारो हालकोे जस्तै बन्नु पुगेको छ । सडक विभागको ढिला–सुस्तीका कारण आम जनमानिसहरुले यो समस्या भोग्नु परेको हो । महानगरपालिकाले भने सडक विभाककै कारण सडक समयमा निर्माण कार्य सम्पन्न नभएको कारण वातावरण प्रदुषणमा उच्च वृद्धि भएको दोष देखाउदै सक्दो चाँडो अषाढ मसान्त सम्ममा सडक निर्माण कार्य सम्पन्न गरि सक्कने बताए पनि ढिला–सुस्तीका कारण अझै यो लामो समय सम्मन् यथावत नै रहने प्रक्कक्ष्यपन देखिन्छ । 

निमार्ण भए पनि सोतह केहि समय पश्चात सडकको अवस्था बिग्रीदै जाने अर्थात कालो पत्रे उक्कीने,खाल्डा–खुल्डि देखिने ढलको पाइप फूट्ने जस्था समस्याले गर्दा पनि सडक निमार्ण पश्चात पनि यसले निश्चीत कालसम्मन स्थायीत्व भने कैले पनि पाउन सकेको देखिएको छैन् ।

यसले के पुष्ठि गर्द छ भने“सरकारी काम कहिले जाला घाम” भन्ने उखान लागू भएको देखिन्छ । सडक निर्माणको लागी सडक विभागले ठेकेदारलाई सडक निर्माणको जिम्मा दिए पनि कस्ता खाले प्रविधीकोे प्रयो गरि काम संचालन भइरहको छ भनि सडक विभागले त्यसको खाँसै अनुगमनमा चासो नदिएकै कारणले गर्दा सडकको निर्माणमा दिगोपन र भरपर्दो सडक निमार्ण भएको पाइदैन । यसले गर्दा यातायात व्यावसायलाई जति गाह्रो भइरहेको छ त्यति नै पैदल यात्रीहरुलाई पनि सडक छेउछाउमा आवत–जावत गर्न निकै कष्ठकर रहेको देखिन्छ । 

साथै अत्याधिक धुँवा, धुलोका कारण ठूला तथा साना व्यावसायीहरुलाई व्यापारमा चौपट भएको देखिन्छ । मुखमा माक्स लगाएर हिड्न पनि निकै कष्टकर रहेको पाईन्छ । सडकको दुर्दशाका कारणले गर्दा गर्मीयाममा धुलो र वर्षा याममा हिलोको कारणले सडकमा गाडी र पैडलयात्री दुवैलाई यात्रा गर्न समस्या देखा परेको छ । 

सडक निर्माण गर्दा दिगो हुनेगरि गरिनुपर्छ साथै सडकबाट आउने समस्याहरुलाई पहिले नै अध्ययन अनुसन्धान गरेर मात्र सडक निमार्ण गर्न गरिएको खण्डमा देशले सडक निमार्ण क्षेत्रमा दिगो पना पाउने देखिन्छ । सडक विभागले सडक केन्द्रित हैन मानव केन्द्रित शहर बनाउन अझै पनि निकै लामो समय लाग्ने छ । 

Axact

Axact

Vestibulum bibendum felis sit amet dolor auctor molestie. In dignissim eget nibh id dapibus. Fusce et suscipit orci. Aliquam sit amet urna lorem. Duis eu imperdiet nunc, non imperdiet libero.

Post A Comment:

0 comments: