ललितपुरको नल्लुमा ताप्लेजुङ्गको प्रतिर्किती स्वरुपमा पाथिभारा मन्दिर निमार्ण गरिएको छ । मनोरम पहाडको फेदीमा रहेको पाथिभारा पुग्न ललितपुरका लगनखेलबाट एक घण्टा लाग्छ
चारैतिर जंगल रहेको पाथिभारा मन्दिर रमाइलो स्थानमा छ । सडकको व्यवस्था मध्यम खाल्को छ ।
यस मन्दिरमा शनिबार भिड निकै ज्यादा रहने यहाँका पुजारीको भनाई छ । सार्वजनिक विदाका दिन पनि उत्तिकै दर्शनार्थी आउछन् । ताप्लेजुङ्गको पाथिभरा जान साह्रै कठीन हुने हरुका लागि यो ठाउँ निकै पवित्र भूमिको रुपमा लिने गरिन्छ ।
यो मन्दिर बनाउने क्रममा ताप्लेजुङ्गको पाथिभारा मन्दिर जस्तै प्रतिकृर्ति रुप सेतिगणेश,कान्छीमा,कञ्चन गणेश,महाकाली, माहालक्ष्मी, महासरस्वती,दुर्गा,शिव र पाथिभारा देविको मूर्ति निर्माण गरिएको छ ।
यो मन्दिरबाट संकलीत भेटीबाट नयाँ संरचना निर्माणमा कार्य भइरेहको छ । मन्दिरको परिसरमा पाटीहरु निर्माण गर्ने पर्खाल लगाउने काम भेटीबाटै भएको छ ।
यो मन्दिर जानको लागि लेले हुदै नल्लुतर्फ उकालो कालोपत्रे बाटो भएर जान सकिन्छ । नल्लु डाँडामा पुगेपछि कच्ची बाटो भेटिन्छ । नल्लु खोला तरेपछि १५ मिनेटको उकालो बाटो अघि बढेपछि पासथिभारा मन्दिर पुगिन्छ । साभारः ललितपुर खबरबाट