आज वैशाख शुक्ल पूणिर्माको दिन अर्थात् बुद्ध जयन्ती । आजको दिन बुद्ध जन्मिएका थिए । आजकै दिन उनले ज्ञान प्राप्त गरेका थिए भने महापरिनिर्वाण पनि आजकै दिन प्राप्त गरेका थिए ।

बुद्ध शव्दको अर्थ जागेको व्यक्ति भन्ने हुन्छ । बुद्ध पूर्ण रूपमा सांसारिक मोहको पीडावाट जागेका एक महान् व्यक्तित्व, गुरु, दार्शनिक, शिक्षक, पथप्रदर्शक एवं धर्मप्रवर्तक हुन् । यस्ता महान् गुरु जसले आफ्ना प्रवचनमा भगवान्ले संसार सिर्जना गरेका भन्ने कुरा भन्दा पनि संसारमा धर्म र नियमको पहिचान गर्दै मान्छेलाई सांसारिक मोह र तनाववाट व्युँझाउन सहयोग गरे । बुद्धको धर्म वैज्ञानिक धर्म हो ।

बुद्धको जन्म ईशापूर्व ५४३ मा अहिलेको नेपालको कपिलवस्तु जिल्लामा सालको रुखहरू भएको वगैँचामा भएको थियो । बुद्धको वास्तविक नाम सिद्धार्थ गौतम हो । उनी शाक्यवंशीय राजा शुद्धोधन तथा रानी मायादेवीका सुपुत्र हुन् । उनले जन्मनासाथ उत्तर तर्फ ७ कदम हिँडेर औलालाई हावातर्फ देखाएका थिए भन्ने किंवदन्ती पाइन्छ ।  

जन्मनासाथ पोखरीमा स्नान गराइएका यिनले नुहाएको पोखरीलाई सिद्धार्थ कुण्ड भनिन्छ । यसरी अलौकिक जन्म भएका राजकुमार सिद्धार्थ गौतमकी आमा मायादेवीले भने उनी जन्मेको ७ दिनमै संसार छाडेकी थिइन् । राजकुमार सिद्धार्थ गौतमको विवाह १६ वर्षको उमेरमा यशोधरासँग भएको थियो । सिद्धार्थ २९ वर्षको उमेरमा सम्पूर्ण सुखसयल छोडेर ज्ञानको खोजीमा निस्केका हुन् ।

सिद्धार्थले रोगी, वृद्ध तथा मरेको मानिस देखेपछि संसारलाई दुःखमय जाने । त्यही दुःखमुक्तिको उपाय  खोज्न उनले परिवार तथा राजसी सुखसयल त्याग गरे । उनलाई मानव जीवनमा आइपर्ने पीडा एवं दुःख निवारण गर्ने ज्ञानको खोजी थियो । बर्षाैकाे तपस्यापछि उनी बुद्धत्व प्राप्त गर्न सफल भए । उनले प्राप्त गरेको दर्शन र ज्ञान नै बुद्धत्व हो । बुद्ध धर्मको मूल ग्रन्थ त्रिपिटक हो । यो ग्रन्थ भगवान बुद्धको महापरिनिर्वाण पश्चात उहाँका शिष्यहरूले उहाँका उपदेशहरुलाई सूत्रबद्ध गर्ने क्रममा निर्माण भएको ग्रन्थ हो ।  

अहिले वुद्ध धर्म र उपदेश मान्ने अनुयायीहरू नेपाल सहित भारत, चीन, श्रीलंका, बर्मा, थाइल्यान्ड, लाओस, क्याम्बोडिया, भियतनाम, भुटान, जापान, मंगोलिया, कोरिया आदि देशमा फैलिएका छन् । संसारभरि फैलिएको बुद्ध दर्शनको उद्गम विन्दु नेपालमा भएकाले नेपाललाई शान्तिको देश पनि भनिन्छ ।


Axact

Axact

Vestibulum bibendum felis sit amet dolor auctor molestie. In dignissim eget nibh id dapibus. Fusce et suscipit orci. Aliquam sit amet urna lorem. Duis eu imperdiet nunc, non imperdiet libero.

Post A Comment:

0 comments: